Logo

प्रचण्डपुत्री रेनु र गंगाले गरे मतदान



चितवन, ३० बैशाख । भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।

उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर–१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

भरतपुरको निर्वाचन अहिले देशभरिका जनताका लागि चासोको विषय बनेको छ ।

यहाँ एमालेबाट विजयी सुवेदी र कांग्रेसका बागी उम्मेद्धवार जगन्नाथ पौडेल चुनावी प्रतिष्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्