Logo

भोट हालेपछि प्रकाशमासिंहले भने- आउने पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ (भिडिओसहित)



काठमाडौं, ३० वैशाख : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् ।

उनीसँगै उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काठमाडौं महानगरमा आउने नयाँ टिमले पाँच वर्ष नगरबासीहरूको अपेक्षा अनुसार काम हुने बताए ।

परिवारवादको आरोप खेपिरहेका नेता सिंहले आफ्नो श्रीमतीभन्दा पनि पार्टीको नेताको हैसियतले महानगरमा टिकट पाएको प्रष्ट पारे ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/1330784984067129

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्