Logo

काठमाडौंमा बालेनको अग्रता कायमै, दोस्रो हुन स्थापित र सिंहबीच कडा प्रतिस्पर्धा



काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्म ३११० मत प्राप्त गर्दै लिड गरिरहेका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १६४३ मत ल्याएर बालेनलाई पछ्याउदै छन् । गठबन्धनको उम्मेदवार सिर्जना सिंहले हालसम्म १६०२ मत प्राप्त गरेकी छिन् । पहिलोमा बालेन, दोस्रोमा स्थापित र सिंहबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

सुरुमा स्थापितले अग्रता लिएपनि सिंहले मतान्तर घटाउँदै आएकी हुन् । काठमाडौं महानगरको मगगणना शनिबारदेखि सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस्