![](https://reportersnepal.com/wp-content/uploads/2022/05/thabang-576x768.jpg)
काठमाडौं, १ जेठ । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्।
उनले कांग्रेस–एमाले–विप्लब गठबन्धनका उम्मेदवार दलजित रोकालाई पराजित गरेका हुन् ।
बुढामगरले २१२२ मत पाएका छन् भने रोकाले १५०५ मत पाए। त्यस्तै, उपाध्यक्षमा पनि नेकपा (माओवादी केन्द्र) कै सर्मिला बुढामगर निर्वाचित भएको माओवादी केन्द्रका युवा नेता दीपेश पुनले जनाएका छन् ।