काठमाडौं, १ जेठ । भरतपुर महानगरको मतगणना जारी छ । अहिले एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदी ३ मतले नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालभन्दा अघि छन् । वडा नम्बर २ को मतगणना जारी रहँदा सुवेदीले २४६८ मत प्राप्त गरेका छन् । उता, दाहालले २४६५ मत पाएका छन् ।
कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भने ८०५ मत प्राप्त गरेका छन् । मेयरमा सुवेदी र दाहालबीच कडा टक्कर छ । यसअघि रेनुले नै सुवेदीलाई पछि पार्दै आएकी थिईन् । दाहाल सत्ता गठबन्धनकी साझा उम्मेद्धवार हुन् । उता, सुवेदी भने एमाले र राप्रपाको गठबन्धनका उम्मेद्धवार हुन् ।
भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २७०१ मत ल्याएर लिड गरेका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले १९७५ मत ल्याएर पछ्याईरहेकी छिन् ।