Logo

बालेनले कटाए ६ हजार मत



काठमाडौं, २ जेठ । काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन् । पछिल्लो मतगणना अनुसार साहले ६८८६ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३५६२ मत प्राप्त गरेका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१२६ मत प्राप्त गरेकी छिन् ।

काठमाडौंको उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले ५८९६ मत सहित अग्रस्थानमा छिन् भने उनलाई पछ्याउदै सत्ता गठबन्धन दलका उम्मेदरवार रामेश्वर श्रेष्ठले १६३२ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार बिनिता मगैयाले १२४९ मत र विवेवशिल साझा पार्टीका उम्मेदवार कीर्ति तुलाधरले १५६ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्