Logo

भक्तपुरमा नेमकिपाका सुनिल प्रजापति विजयी



भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापति निर्वाचित भएका छन् ।

प्रजापतिले दोस्रो कार्यकालको लागि २९२०० मत प्राप्त गरेका हुन् । उपमेयरमा कांग्रेसकै रजनी जोशी निर्वाचित भएकी छिन् । उनले २९६९५ मत ल्याएर विजयी भएकी हुन् ।

नेपाली कांग्रेसका मेयर रामप्रसाद कासुलाले ३१९९, एमालेका रविन्द्र लाछिमस्युले २६६७ मत पाएका छन् । त्यस्तै, उपमेयरमा एमालेकी रन्जना खर्बुजाले २७२४ र एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्