Logo

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडी



ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बर मतले अगाडी छन् ।

हालसम्म ७७२६ कुल मतगणना हुँदा महर्जनले ४४७३ मत पाएका हुन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका अष्टबहादुर महर्जनले ४२० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २००५, माओवादीका उम्मेदवार बाबुराम बज्राचार्यले १४६४ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्