काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।
सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३, माओवादी केन्द्रले ५५, नेकपा (एकीकृत समाजवादी)ले ४, जसपाले २ र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जितेका छन् ।
हाल भईरहेको मतगणना अनुसार१ सय ९५ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने एमाले ६३ स्थानमा माओवादीले २, समाजवादीले १४, जसपाले ३० स्थानमा अग्रता लिईरहेका छन् ।