Logo

तिब्बत मामला हेर्ने अमेरिकी अधिकारी किन नेपाल आउँदैछिन्



एजेन्सी, ३ जेठ । तिब्बत मामला हेर्ने अमेरिकी अधिकारी उज्रा जिया आज विहानै भारत पुगेकी छिन् । भारत पुगेकी जियाको भ्रमण मानवअधिकार, लोकतान्त्रिक सुशासन र मानवीय विषयबारे छलफल गर्ने ट्वीटमार्फत् जानकारी दिइसकेकी छिन् ।

जियाले ट्वीटरमा आफ्नो भ्रमणको एजेन्डाबारे लेखेकी हुन् । जसमा मानवअधिकारको विषय प्राथमिकतामा छ । नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार सम्बन्धी अमेरिकी अधिकारी जिया नेपाल पनि आउने तय भएको छ । उनी भारतीय अधिकारीहरुसँग संवाद गरेपछि नेपाल आउनेछिन् ।

अमेरिकाको विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा भारत र नेपालसँग एयर अफ एक्सन फर द समिट फर डेमोक्रेसीमा छलफल गर्ने उल्लेख छ । जियासँग युएसएडकी एशिया हेर्ने सहायक प्रशासक अन्जली कौर पनि भ्रमणदलमा छिन् ।

अमेरिकाले तिब्बतको विषयलाई प्राथमिकतामा राख्ने गरेको छ । उसले दलाई लामासँग निकटता बनाएको छ । चीन भने भारतको यस्तो कदमप्रति सतर्क रहने गर्छ । नेपालमा तिब्बती शरणार्थीहरु रहेका छन् । यसकारण पनि तिब्बत मामला हेर्नेको यसप्रति चासो छ ।

जिया सन् २०२१ को डिसेम्बरमा तिब्बत मामला हेर्ने अमेरिकी विशेष संयोजक नियुक्त भएकी थिइन् । उनी भारतीय मूलकी अमेरिकी नागरिक हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot