Logo

भरतपुर महानगरमा रेनु दाहालले २२०५ मतको अग्रता लिईन्, विजय सुवेदी पछि परे



काठमाडौं, ४ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले २२०५ मतको अग्रता लिएकी छिन् ।

३१ हजार ७ सय ९३ मत गणना गर्दा दाहालले ११ हजार ७ सय ५० मत ल्याएकी छिन् ।

एमालेका विजय सुवेदीले भने ९ हजार ५ सय ४५ मत ल्याएका छन् ।

दाहाल र सुवेदीबीच २२०५ मतको अन्तर छ ।

उता, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ५ हजार १ सय ७१ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ९ सय ३८ मत ल्याएका छन् ।

राप्रपाकी उम्मेद्धवार हिमला गुरुङले ७ हजार ७ सय ५० मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्