Logo

तारकेश्वरमा नगरकार्यपालिका सदस्यको निर्वाचन



काठमाडौँ,१० जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । तारकेश्वरमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सोमबार नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले नगरकार्यपालिका सदस्यको भेलाले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्य सर्वसम्मत चयन गरिएको राससलाई जानकारी दिए ।
उनका अनुसार नगर कार्यपालिका सदस्यमा अञ्जु बस्नेत, अप्सरा खड्का, अशोक मगराती, गीता परियार, निर्मला मिजार, शान्ता थपलिया र सुन्तली परियार सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित कार्यपालिका सदस्यलाई निर्वाचन अधिकृत पोखरेलले प्रमाणपत्र समेत हस्तान्तरण गरे । अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जन र उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटी निर्वाचित भएका थिए ।

यस्तै, अधिकांश वडामा पनि कांग्रेसले नै विजय हासिल गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा ११ वडा रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्