Logo

सरकारले नेपाल–चीन परामर्श संयन्त्रको बैठकमा सहभागी हुन प्रतिनिधीमण्डल गठन गर्ने



काठमाडौं, ११ जेठ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले विभिन्न कार्यक्रममा सहभागी हुन सरकारी प्रतिनिधिमण्डलको भ्रमण तालिका स्वीकृत गरेको छ ।

भर्चुअल बैठकको लागि प्रतिनिधि मण्डलको टोलीसहित ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत गरेको सञ्चार मन्त्री तथा प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४औं बैठकमा सहभागी हुन पराराष्ट्र मन्त्रालयलका सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी, बैठकले संयुक्त राज्य अमेरिकाको हवाईस्थित मनोलोलुमा १८ देखि २० जेठ २०७९ सम्म आयोजना हुने कन्प्रिएन्सिभ सेक्युरिटी कोर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई पनि सहभागी हुन स्वीकृत प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्