Logo

तारा एयरको जहाजमा २२ जना सवार रहेको पुष्टि, मौसम खराबीका कारण खोजीकार्यमा हेलिकप्टर उड्न सकेन



काठमाडौं, जेठ १५ । पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाज पोखराबाट जोमसोेमका लागि उडेको थियो ।

पोखराबाट उडेकोे उक्त जहाज १७ देखि बढीमा २० मिनेटमा जोमसोम अवतरण भईसक्नु पर्ने भएपनि म्यादीको शिखा क्षेत्रबाट राडारको सम्पर्कबाट बाहिरिएको थियो ।

चालक दलका तीनजना सद्श्यसहित १३ नेपाली, चारजना भारतीय र  दुईजना जर्मन नागरिक बोकेर उडेको उक्त जहाज मुस्ताङको तेले माथीको पाहाड (टिटि ताल क्षेत्रमा) मा ठोक्किएको आशंका गरिएको छ ।

अहिले सम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन् । आशंका गरिएको ठाउँमा खोजी गर्न हेलिकप्टर पठाउने तयारी भईरहेको छ । तर, मौसम खराव रहेको कारण हेलिकप्टर परिचालित हुन सकेकौ छैन् ।

जहाज सम्पर्क बिहिन हुँदा १२ हजार ८ सय २५ फिटको उचाईमा थियो । जहाजको अन्तिम लोकेसन म्यादीको शिखा क्षेत्र रहेको छ । जहाज १० बजेर १५ मिनेटमा मुस्ताङमा अवतरण हुनुपर्ने थियो।

उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।



प्रतिक्रिया दिनुहोस्