Logo

तारा एयरको जहाज मुस्ताङको तेले माथीको पहाडमा ठोक्किएको आशंका



काठमाडौं, जेठ १५ । पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज  मुस्ताङको तेले माथीको पाहाड (टिटि ताल क्षेत्रमा) मा ठोक्किएको आशंका गरिएको छ । अहिले सम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन् ।

बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र  दुईजना जर्मन नागरिक रहेको नेपाल नागरिक यति एयरलाइन्सले जानकारी दिएको छ।

जहाज सम्पर्क बिहिन हुँदा १२ हजार ८ सय २५ फिटको उचाईमा थियो । जहाजको अन्तिम लोकेसन म्यादीको शिखा क्षेत्र रहेको छ । जहाज १० बजेर १५ मिनेटमा मुस्ताङमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको छ ।

उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्।



प्रतिक्रिया दिनुहोस्