Logo

बालेन साहको पहिलो निर्णय : नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने



काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नगरसभाको पहिलो बैठक सोमबार बस्ने भएको छ । सोमबार ४ बजे बस्ने नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने नवनिर्वाचित मेयर बालेन साहले बताएका छन् ।

आजै मात्र मेयर पदको सपथ लिएका साहले नगरसभाको पहिलो बैठक साझ ४ बजे बोलाएका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता भएको पनि उनले स्पष्ट पारेका छन् ।

उनले सिसडोलवासीलाई बस्ने राम्रो वातावरण नभएसम्म अरु काम नगर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्