Logo

नेपालमा कोरोना फेरी बढ्दै, ओमिक्रोनको नयाँ प्रजाति भेटियो



काठमाडौं, १९ असार । नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको परीक्षणमा सहभागी चिकित्सकहरुले बताएका छन् । दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा भेटिएसँगै ओमिक्रोनको नयाँ प्रजाती फैलिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

केही दिन यता नेपालमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केही दिन देखिको तथांक हेर्ने हो भने गत असार १३ गते ३३ सय ५८ परीक्षण गर्दा ४१ जना संक्रमित भएको देखिन्छ ।

त्यस्तै, असार १४ गते ४४, असार १५ गते ६२, असार १६ गते ५५, असार १७ गते ५० र असार १८ गते हिजो ४४ जनामा संक्रमण पुष्टि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot