काठमाडौं, असार २८ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दुबईका अधिराजकुमार जुमा अल मुक्तमसँग भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्तामा महत्वपूर्ण छलफल भएको जनाउँदै प्रसाईंले बि एण्ड सी तथा पुर्वाञ्चल क्यान्सर अस्पतालको तर्फबाट अधिराजकुमारलाई नेपाल भ्रमणको निम्तो दिएको समाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘अधिराजकुमारले हाम्रो निमन्त्रणालाई सकारात्मक रुपमा लिई आफुलाई नेपाल र नेपालीहरू मनपर्ने भएकाले सम्भवत अक्टोबरमा नेपाल भ्रमण गर्ने जानकारी गराउनु भयो ।’
प्रसाईंले दुबईमा रहेका नेपाली श्रमीकहरुको रोजगार ब्यवस्थापन, दुबईको जेलमा रहेका निर्दोश नेपालीहरुलाई स्वदेश फर्काउन पहल र नेपालीहरुको शव नेपाल ल्याउने सम्बन्धमासमेत छलफल भएको समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यसअघि असार ४ गते नेपाल भ्रमणमा आएका अधिराजकुमारले प्रसाईंलाई सुनको लौरो उपहार दिएपछि चर्चाको विषय बनेको थियो