Logo

मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ गज्जब मुद्दती”



काठमाडौं, २७ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बर सम्म प्रतिफल दिने “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यतिmगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यतिmगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ । त्यस्तै, व्यतिmगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिmगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।

साथै, थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नसकिने छ । यो योजना बाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्