![](https://reportersnepal.com/wp-content/uploads/2022/04/khop-aabiyan-9-768x512.jpg)
काठमाडौं, भदौ ५ । आजबाट सुदूरपश्चिमका ६ जिल्लामा बालबालिकालाई फाइजर खोप दिइने भएको छ। पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइन लागेको हो।
प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई फाइजर खोप दिइन लागेको हो। यी जिल्लामा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन हुनेछ।