Logo

उच्च गुणस्तर र अत्याधुनिक प्रविधिमा बनेको सामसङको ग्यालेक्सी ए १३ लन्च



काठमाडौं, २० भदौ । सामसङले आफ्नो उत्पादन सामसङको ग्यालेक्सी ए१३ लन्च गरेको छ । सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको दाबी गरेको छ । सामसङको अनुसार यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो।

फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको छ।
आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने क्रेअतरहरूको माग पूरा गर्नको लागि यो एक उत्तम कम्बो भएको कम्पनीको दाबी छ ।

सामसङको ग्यालेक्सी ए१३ ले युवा क्रेअतरहरूलाई यी सबै हाइ–एण्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र यसको शक्तिशाली प्रोसेसर सहितको फोन उचित मूल्यमा दिनेमा कम्पनी ढुक्क छ ।

फोनलाई कुनै पनि युवा कन्टेन्ट क्रेअतरहरूका लागि टीमको लागि मूल्यवान मेम्बर बनाउने सामसङले विश्वास लिएको छ ।

क्वाड क्यामेराको माथिल्लो भागमा ५०ःए मेन क्यामेरा छ जसमा ५ःए अल्ट्रावाइड र २ःए डेप्थ र म्याक्रो सेन्सरहरू छन्, साथै अगाडि ८ःए सेन्सरहरूका संयोजनले उच्च गुणस्तरका तस्बिरहरू र भिडियोहरू प्रदान गर्न राम्रोसँग काम गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्