काठमाडौं, भदाै २५ । नेपाली कांग्रेसका नेता रमेश रिजालले मधेस प्रदेशमा आफ्नाे पार्टी र गठबन्धनका अन्य पार्टीहरूबीच १६-१६ सिट बाँडफाँट गर्न सकिने बताएका छन्।
‘गठबन्धनमा जाने भनेपछि २०७४ काे आम निर्वाचन र गत स्थानीय निर्वाचनकाे आधारमा हामीले कम्तीमा ५० प्रतिशत पाउनुपर्छ।त्यसैले जसपाले २० सिट पाउने कुनै सम्भावना छैन। २०७४ मा त्यत्राे लहर आउँदा त जम्मा ९ सिट जितेकाे थियाे।
अहिले कसरी २० सिट दिने? मधेस प्रदेशमा १६ सिट कांग्रेसकाे बटमलाइन हाे,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग उनले भने।
नेता रिजालले मधेसमा जसपाकाे सांगठनिक आधार खस्केकाे पनि आराेप लगाए। उनले भने, ‘जसपा, लाेसपाका कार्यकर्ता धमाधम कांग्रेस र एमालेमा प्रवेश गरिरहेका छन्।
हामीले सकेसम्म गठबन्धनमै रहनुस् भन्ने हाे। भएन भने हामी एक्लाएक्लै लड्न पनि तयार छाैं।’ रिजालले संविधानबाट दायाँ बायाँ गर्ने हाे भने राष्ट्रपतिले राजीनामा दिनु उपयुक्त हुने पनि आैंल्याए।