Logo

प्रचण्डसँग अमेरिकी राजदूतको विदाई भेटवार्ता



काठमाडौं, २९ भदौ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । आज (बुधबार) दाहाल निवास खुमलटार पुगेर राजदूत बेरीले विदाई भेटवार्ता गरेका हुन् ।

आफ्नो कार्यकाल सकेर राजदूत बेरी स्वदेश फर्किनुअघि राजनीतिक दलका नेताहरुसँग विदाई भेटवार्ता सुरु गरेका छन् । राजदूत बेरी र दाहालबीचको भेटवार्तामा दाहालले राजदूत बेरीको सफल कार्यकालको लागि बधाई दिएका थिए । यस्तै, नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि दाहालले धन्यवाद समेत दिएका थिए ।

दाहालको सचिवालयले भनेको छ-“अध्यक्ष कमरेड प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत महामहिम रेन्डी बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो। अध्यक्ष कमरेड प्रचण्डले राजदुत बेरिको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो।”



प्रतिक्रिया दिनुहोस्