Logo

एमाले वाकाथनमा गाडी चढेर बसन्तपुर पुगे ओली, भने– गठबन्धनले देशलाई ओरालोतिर लग्यो (फोटोफिचर)



काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथनको आयोजना गरेको छ। ‘संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा’का साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेता सहभागी भएका छन् ।

वाकाथनलाई एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट ओरालो लागिरहेको बताए । उनले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढङ्गले अघि बढ्ने बताए ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स क्लब नेपाल

 



प्रतिक्रिया दिनुहोस्