Logo

उपसचिव नेपाल घुससहित पक्राउ



काठमाडौं, २ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप–सचिव प्रमोद नेपालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

उप–सचिव नेपालले सेवाग्राहीबाट ६ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीसँगै एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठमाथि पनि भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

उनलाई काठमाडौंको मनकामना मार्गको होटल अरण्यको कम्पाण्डबाट उक्त रकमसहित पक्राउ गरेको हो । अख्तियारको अनुसार उनले प्रयोग गर्दै आएको गाडीबाट समेत स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।

उपसचिव नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पृष्टि भएकोले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यमप्रसाद भण्डारीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्