काठमाडौं, २३ असाेज। नेपाली कांग्रेसका नेता सञ्जय गाैतमले आफ्नाे हातमा टिकट नपरे पनि बर्दिया जान लागेकाे बााएका छन् ।
‘म सिटिङ सांसद हुँ । दुईपल्ट सांसद भएँ। १७ वर्ष जिल्लाका पार्टी चलाएँ । मेराे विकल्प छ जस्ताे लाग्दैन । तर हातमा टिकट परेकाे छैन, अहिले एयरपाेर्टमा छु,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गाैतमले भने ।
टिकट नपाए के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म पार्टीकाे इमानदार सिपाही हुँ । मेराे क्षेत्र कांग्रेसकै भागमा परेकाे छ । पार्टीले संस्थागत निर्णय गर्ने हाे । शेखर दा (काेइराला) र महामन्त्री (गगन थापा) ले राम्रै छ भन्नुभएकाे छ । के कारण विलम्ब भएकाे हाे, मलाई थाहा छैन ।’ सबै सिट वितरण भइ नसकेकाले अहिले नै धेरै कुरा गर्नु उचित नहुने पनि गाैतमले बताए ।