Logo

एमजिको विद्युतीय गाडी एमजि जेडएस इभिको लागि बुकिङ खुल्ला



काठमाडौँ, १ कात्तिक । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले लङ रेन्जको विद्युतीय गाडी एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला गरेको छ ।

४४० किमी रेन्ज भएको यस विध्युतीय गाडीको ब्याट्री ७२.६पध्ज को छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजि जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ ।

यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजि जेडएस इभिमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड््न सक्छ ।

एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।

एमजि जेडएस् इभिमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट ःन् ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्