Logo

मन्दिरमा चोरी गरेको सामान माफी मागेर सामान फिर्ता गरेपछि…



एजेन्सी, १३ कात्तिक । मध्यप्रदेशको बालाघाट जिल्लामा रहेको मन्दिरबाट चोरी भएको चाँदी र काँसाका सामान चोरले माफी मागेर फिर्ता गरेका छन् ।

आफूले चोरी गरेकै कारण धेरै दुःख भोग्नुपरेको भन्दै उनले यी कुराहरु फिर्ता गर्दै आफ्नो कृत्यको लागि माफी पनि मागेको बताए । प्रहरीले आइतबार सो जानकारी दिएको हो ।

चोरले असोज १४ गते लामटा प्रहरी चौकी अन्तर्गतको शान्तिनाथ दिगम्बर जैन मन्दिरबाट चाँदीका १० थान, छातासहित तीन थान काँसाका सामान चोरेका थिए ।

चोरीको यो घटनापछि प्रहरीले आरोपीको खोजी गरिरहेको थियो । शुक्रबार जैन परिवारका सदस्यले लमटाको पञ्चायत कार्यालय नजिकैको खाडलमा एउटा झोला फेला परेको थियो । त्यसपछि उनले प्रहरी र आफ्नो समुदायका अन्य सदस्यहरूलाई खबर गरे।



प्रतिक्रिया दिनुहोस्