काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार समेत रहेका सिंहले संविधानको कार्यान्वन नहुँदै संंघियता, गणतन्त्र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरू ठिक छैन भन्दै देशलाई पुन अस्थिरतातर्फ लैजान खोजेको भन्दै मतदातालाई सचेत रहन पनि अपिल गरे ।
‘के हामी सँधै राजनीतिक अस्थिरतामा बस्ने? अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो ।’– सिंहले भने ।
राजनीति स्थिरता कायम गर्दै जनजिविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनले बताए । ‘कांग्रेस कमजोर हुँदा पहिलो संविधान असफल भयो । जनताले दोस्रो पटक कांग्रेसलाई बलियो बनाएपछि संविधानसभाबाट संविधान बन्यो’,सिंहले भने,‘संविधान आएपछिको पहिलो आम चुनावमा कांग्रेस कमजोर बन्दा संविधानको कार्यान्वयन हुन सकेन । यसपटकको चुनावमा कांग्रेस बलियो बनाउनुस् । संविधानको पूर्ण कार्यान्वयन गर्नेछौं । गाउँमा सिंहदरबार नारामा होइन व्यवहारमा पुर्याउनेछौं ।’