काठमाडौं, २ मंसिर । सरकारले मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाको बम डिस्पोजल टोली तयारी अवस्थामा राखेको छ ।
आज गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर चुनावको सुरक्षालाई केन्द्रीत गर्दै ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको बताइएको हो ।
मन्त्रालयले मतदानस्थललाई संवेदनसिल, अतिसंवेदनशिलमा वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाएको छ । निर्वाचनलाई स्वच्छ र भयमूक्त बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी फिल्डमा खटाइएको छ ।
यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न काठमाडौं उपत्यकामा मात्रै पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।