![](https://reportersnepal.com/wp-content/uploads/2022/11/durlab-and-mahesh-768x522.jpg)
काठमाडौं, ५ मंसिर । भक्तपुर–२ सुरुवाती मतगणनादेखि नै नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार १० हजार ४३६ मत गन्दा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४१ सय १९ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याउदै नेकपा एमालेका महेश बस्नेतले ३६ सय ८४ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका मोहन केसीले ४५० मत प्राप्त गरेका छन् ।