काठमाडौं, मंसिर ९ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईदै आएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान राजधानीमा पनि विविध कार्यक्रम गरी सुरु गरिएको छ ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले महिला, बालबालिका तथा समाज कल्यण मन्त्रालय, राष्ट्रिय महिला आयोग र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा मङ्सिर १० गते महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको र्याली भद्रकाली, न्यूरोड हुँदै बसन्तपुर डवलीमा पुगेर सभामा परिणत भएको छ ।
फोटोः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल