Logo

साझा उम्मेदवार तय गर्न पुनः शेखर समुहको बैठक बस्दै



काठमाडौं, पुस ५ । कांग्रेस संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन शेखर समुहको बैठक पुनः बस्न लागेको छ ।

सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि आज विहान लैनचौरस्थित होटल एम्बास्डरमा बैठक बसेको थियो ।

उक्त बैठकले साझा उम्मेदवार तय गर्ने विषयमा समझदारी गर्न नसकेपछि अहिले पुनः सिंहदरबारको दक्षिण गेट अगाडी रहेको बसेरा होटलमा बैठक बस्न लागेको हो । बैठक सुरु हुँनै लागेको छ ।

आज विहानको बैठकमा दुबै जनाले अडान कायमैराखेपछि दुई जनाबाट एक जनालाई उम्मेदवार बनाउने तयारी अनुसार नेताहर बसेरा होटल पुगिसकेका छन ।

कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्