काठमाडौं, १० पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल सरकारमा सहभागी नहुने बताएका छन् । सत्ता गठबन्धन टुटेपछि माधव नेपालले पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।
सो छलफलमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सल्लाह नै नगरी एमालेसँग वार्ता गरेको भन्दै आक्रोश पोखेका थिए । उनले आफ्नो दल अब प्रतिपक्षमै बस्ने पनि प्रतिक्रिया दिए ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । नेपालले भने,”हामीसँग सल्लाह नै नगरी प्रचण्डजी बालकोट जानुभयो । उहाँहरुले मिलेर सरकार बनाए भयो । हामी प्रतिपक्षमै बस्छौं ।” file photo