काठमाडौं, २१ पुष । सरकारले भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा न्यूनतम साझा कार्यक्रम भोलिसम्म ल्याउने सहमति भएको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले यस्तो बताएका हुन् । उनले भने,‘सम्भवतः हामी भोलि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्छौं ।’
न्यूनतम साझा कार्यक्रममा आफ्नो दलले भ्रष्टाचार नियन्त्रणको लागि विशेष कदम चालिनुपर्नेमा जोड दिएको लामिछानेको भनाई छ । त्यस्तै, किसानलाई समयमै मल उपलब्ध गराउने, युवाहरुलाई रोजगारी दिने कुरामा जोड दिएको उनको भनाई छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम