काठमाडौं, फागुन ५ । ग्यास लिक भएपछि आगलागीबाट घाइते भएर मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको आज दुई वटा शल्यक्रिया गरिने भएको छ ।
सांसद भण्डारीलाई नेपालमा उपचारको लागि नेपालमा उपयुक्त साधन नभएपछि बिहीबार श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत थप उपचारका लागि मुम्बई लगिएको थियो ।
नेता भण्डारीको हालको अवस्था खतरामुक्त भएको, उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको, मुम्बई अस्पतालका चिकित्सकले जनाएका छन् ।
पछिल्लो जानकारी अनुसार विहिबार राती १०:३० वजे डा. सुनिल केस्वानीबाट भएको काउन्सिलिंग अनुसार शरीरमा फ्लुईडको मात्रा डबल गर्ने र अहिले बिहान १०:३० मा पहिलो सर्जरी गर्ने आजै दिउँसो १:३० वजे दोस्रो सर्जरी गर्ने तयारी रहेको छ ।
त्यस्तैगरी विहिबार राती ११:३० को बजे डा. संदीप मिस्त्रीबाट भएको काउंसिलिंग अनुसार सबै पारामिटरहरू नर्मल रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राख्ने निर्णय गरिएको छ ।
राती १२:३० बजे डा. अमुलबाट भएको अर्काे काउंसिलिंग अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीबायोटिक्स कन्टिन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी प्राप्त भएको छ।