Logo

विविध कार्यक्रम गरी विश्व श्रवण दिवस मनाइँदै (फोटोफिचर)



काठमाडौं, फागुन १९ । आज मार्च ३ अर्थात् विश्व श्रवण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘हेरचार गरौ, कान र श्रवण शक्ति, यतार्थ बनाऔ सबैका निम्ती’ भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी आज यसवर्षको विश्व श्रवण दिवस मनाउन लागिएको हो ।

श्रवण दिवसको अवसर पारेर शुक्रबार विहान राजधानीमा प्रभावफरी कार्यक्रमको आयोजना गरिएको छ । श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या रहेकाले यसको रोकथाम तथा हेरचार गरौ भन्ने मुल उदेश्यसहित प्रभातफेरीको आयोजना गरिएको हो । श्रवण दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले श्रवण शक्तिको कमीका कारण आउने स्वास्थ्य समस्याका बारे खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्न जोड दिएको छ ।
फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्