काठमाडौं, १९ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनीले नेपाललाई १८० रनको चूनौति दिएको छ ।
युएईमा भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पिएनजी ४ बल खेल्न बाँकी हुँदा १७९ रनमा अलआउट भयो।
उक्त त्रिकोणात्मक सिरिजमा नेपाल, पपुवा न्युगिनी ९पिएनजी० र युएईबीच प्रतिष्पर्धा भैरहेको छ ।
बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १/१ विकेट लिएका थिए ।