काठमाडौं, फागुन २६। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल अहिले बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम रहेको छ ।
पशुपतिको दर्शनपछि राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानाएको छ ।
बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ।
राष्ट्रपति पौडेलले पशुपति जानुअघि सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । अहिले बिहान ८ बजे सभामुख घिमिरेसँग भेटवार्ताको कार्यक्रम तय भएको छ ।