Logo

पुनः इन्टरनेटका तार काट्न सुरू



काठमाडौं, फागुन २८ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने कामलाई पुनः निरन्तरता दिएको छ ।अदालतलको आदेशलाई बेवास्ता गर्दै प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता दिएको छ ।

गत १६ फागुनमा पाटन उच्च अदालतको संयुक्त इजलासले दिएको अन्तरिम आदेशको उल्लंघन गर्दै प्राधिकरणले काठमाडौं चक्रपथ क्षेत्रमा इन्टरनेटका तार काट्न थालेको हो ।

शुक्रबार मात्रै पनि प्राधिकरणले काठमाडौं कलंकी क्षेत्रमा तारहरु काट्ने काम अगाडी बढाएको छ । न्यायधीशद्वय बालेन्द्र रुपाखेती र सुदर्शनराज पाण्डेको इजलासले सार्वजनिक सेवा सुविधा सन्तुलनको दृष्टिबाट इन्टरनेट तार काट्ने, इन्टरनेट सेवा अवरुद्ध गर्ने कार्य नगर्नु नगराउनु भन्दै प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको थियो । आजको कारोबार दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्