Logo

बाख्रापाठामा अन्धाधुन्ध संगिनी सुई लगाउनेकार्य तत्काल रोक्न गाउँपालिकाको चेतावनी



काठमाडौं १४ चैत । गुल्मीको धुर्कोट गाउँपालिकाका दुई वडामा बोकापाठामा तीन महिने संगिनी सुई लगाएको पाईएपछि त्यस्तो कार्य तत्काल रोक्न गाउँपालिकाले निर्देशन दिएको छ ।

आज एक सुचना प्रकाशित गरी सो गाउँपालिकाको वडा नम्बर १ को नयाँ गाउँमा र वडा नम्बर ७ को बाग्लामा बोका पाठाहरूलाई गर्भनिरोधका लागि महिलालाई लगाइने तीन महिने सुई लगाइएको जानकारी आएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ज्ञानुराम पन्थीले जारीगरेको सूचनामा उल्लेख छ । उनले आगामी दिनमा यसरी सुई नलागाउन समेत सचेत बनाएका छन् ।

उक्त गाउँमा पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले तीन महिने सुइृ लगाएको बताइएको छ



प्रतिक्रिया दिनुहोस्