Logo

विष्णु रिमालको टिप्पणी : खेद्नेलाई, खेदिनेको पीडा कहाँ थाहा हुन्छ ?



काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले खेद्नेलाई खेदिनेको पीडा थाहा नहुने बताएका छ्न् । आज (सोमबार) विहानै सामाजिक सञ्जालमार्फत उनले अर्कालाई बिनासित्तैमा खेदेर दुःख दिनु र चोट पुर्याएर आनन्द लिन परपीडा भएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-

गुड मर्निङ्ग !
सामाजिक रुपमा कसैले गल्ती/कमी गरे ‘कमेण्ट’ आउनु वा ‘क्रिटिसाइज’ हुनु अपेक्षित र स्वभाविक हो । तर त्यसको आफ्नै सीमा र मर्यादा हुन्छ ।
गाली–बेइजती, ‘कमेन्ट’ वा ‘क्रिटिसिजम’ होइन । क्रिटिसिजम, सिनिसिजम हैन । अर्कालाई विनावित्थामा खेदेर दु:ख दिनु, चोट पुर्याएर आनन्द लिनु ‘स्याडिजम’ अर्थात् परपीडा हो । खेद्नेलाई, खेदिनेको पीडा कहाँ थाहा हुन्छ? जब आफैं अनावश्यक खेदाईमा परिन्छ, अनि बल्ल लाग्न थाल्छ– यति सारो त नगरे पनी हुने नी !
यो दुनियाँ विश्वासमा अडेको छ । सुरु मै शंका गर्ने हैन । सके विश्वास गर्ने, भर पटक्कै लागेको छैन भने तत्कालको लागि शंकाको लाभ दिनुपर्छ । ‘केही गर्छु’ भन्दै अघि सरेकाहरुलाई प्रोत्साहन पो गर्ने हो त । गल्ती/कमी नै भएको भए पनि, कोही न कोही ले यो/यो नकाम भयो– यसो/यसो गर्नु पर्थ्यो भनिदिँदा पो ‘केही गर्छु भन्नेबाट हुने भुल’ सच्चिँदो हो !!
समय हो समय, चक्र जस्तै घुम्दै जाँदा सूर्य झुल्किएतिर रात पर्छ, रात परेतिर झलमल घाम लाग्छ । नेपालीमा त एउटा भनाई नै छ– कहिले कसको पालो, कहिले कसको !!!



प्रतिक्रिया दिनुहोस्