Logo

नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिन्छ : डा. आरजु राणा



काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाले नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने बताएकी छिन् । धनगढीमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाला र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवस उपस्थित् रहेको उक्त कार्यक्रममा नेतृ राणाले भनिन्–‘हामी लोकतन्त्रको पक्षमा उभिन्छौं । हामी डेमोक्रेसीको पक्षमा उभिन्छौं । हामी मानव अधिकारको पक्षमा उभिन्छौं भन्ने कुराहरूमा एज अ कन्ट्री अग्री गरेर आएका छौं।’ उनले सुदूरपश्चिमका सबै जिल्लामा पुल भएपनि डडेलधुरामा नभएको भन्दै भारतीय राजदूत श्रीवास्तवलाई ध्यानाकर्षण गराइन् ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत दुवै देशमा मानसखण्डको सूचना अभाव भएको टिप्पणी गरेका छन् । उनले भारतीय दूतावासले केही समय अगाडि बुद्ध, रामदेखि शिव सर्किटको जानकारी पुस्तिका प्रकाशन गरेको उल्लेख गर्दै उक्त पुस्तक मानसखण्ड नआएको पनि सुनाए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्