Logo

‘रिक्सावाला-ठेलावालाको सामाजिक सुरक्षा खोइ ?’



काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले सामाजिक सुरक्षा र श्रम ऐन सँगसँगै कार्यान्वयन हुनुपर्ने औंल्याएका छन् ।
‘मजदुरको हक हितका विषयमा राज्य बेखबर छ । राज्य जनताबाट टाढा भएको छ । तीन-तीन महिनामा मन्त्री बदलिन्छन्, मजदुरले कहाँ गएर भन्ने ? मन्त्रीलाई मजदुरको मतलब पनि छैन । सामाजिक सुरक्षा प्रभावकारी भएन । मजदुर हकहितको कानुनभन्दा पनि मजदुरविरोधी कुरा मात्र लागू भएको छ । सामाजिक सुरक्षा र श्रम ऐन सँगसँगै लागू हुनुपर्‍यो । रिक्सावाला र ठेलावालाको सामाजिक सुरक्षा खोइ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै बस्नेतले भने ।
स्वास्थ्य, रोजगारी र शिक्षा साधारण जनताको पहुँचबाट टाढा रहेको पनि उनले बताए । बस्नेतले थपे, ‘देशमा एकदमै निराशाजनक अवस्था छ । बेथितिको अवस्थाबाट गुज्रिरहेको छ । स्वास्थ्य, रोजगारी र शिक्षा सर्वसाधारण जनताको पहुँचबाट टाढा छ ।’ आम मजदुरको हक अधिकारको सुरक्षा जरुरी रहेको उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्