Logo

बालकृष्ण खाणका स्वकीय सचिव पनि पक्राउ



काठमाडौं, वैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरीले केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

खाँणलाई बुधबार बिहान मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

खाण र केसी दुवै जनालाई अपराध महाशाखामा उपस्थित गराएर काठमाडौं परिसरमा पठाईएको छ ।



प्रतिक्रिया दिनुहोस्