Logo

चार दिने भ्रमणमा भोली चीन जाँदै गृहमन्त्री श्रेष्ठ



काठमाडौं, असार १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन चार दिने भ्रमणका लागि त्यसतर्फ जान लागेको श्रेष्ठको सचिवालयले जनाएको छ । उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहित ७ जनाको प्रतिनिधित्व रहने छ ।

उपप्रधानमन्त्री श्रेष्ठ चार दिन छेन्दु मा नै रहने र सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ । मन्त्री श्रेष्ठ शुक्रवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्