काठमाडौं, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको वर्तमान सरकारले राज्यको सम्पत्ति दोहन गर्ने र तस्करीको विरद्धमा एउटा जेहाद छेडेको दाबी गरेका छन् ।
समाजवादी विद्यार्थी मोर्चाको घोषणा कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले भने,‘यो कदम यहीँ रोकिँदैन् । यो कदम निरन्तर अगाडि बढ्नेवाला छ ।’
नेपाल राष्ट्रको एकताको निम्ति र समाजवाद निर्माणको निम्ति र समृद्धिको लागि नेपाली जनताले यो लडाईं जित्नैपर्ने पनि उनको भनाई छ । उनले भने,‘यो लडाईन नजितेसम्म हामीले देखेको र परिकल्पना गरेको समाजवादको आधार तयार हुनै सक्दैन् । त्यसकारण यो कुनै आवेगको कुरा होईन । यो कुनै राजनीतिक स्टन्ट पनि होईन ।’
तस्बिर: मुकुन्द कालिकोटे-रिर्पोटस नेपाल
https://www.facebook.com/prachanda.nepal/videos/241019402158237