Logo

नेविसंघ नेता धमलामाथि आक्रमण गर्ने कोरियन नागरिक एसवाई प्यानेल नेपालसँग सम्बन्धित रहेको खुल्यो



काठमाडौं, २५ भदौ । देशको संघीय राजधानी काठमाडौंजस्तो सुरक्षा प्रवन्ध बलियो भएको शहरमा दिनदाहाडै ज्यान मार्ने उद्देश्यले आक्रमणको घट्ना भएको छ । उनको नाम चोई डोङ्गिल रहेको खुलेको छ । ५७ वर्षीय उनी हाल भक्तपुरस्थित् राधे राधेमा बस्ने गरेको खुलेको छ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इञ्जिनियर अशोक धमलामाथि आज (सोमबार) अपरान्ह एसवाई प्यानेल नेपाल लिमिटेड (प्रि-फ्याबको घर) बनाउने कम्पनीका मालिक कोरियन नागरिक ले नेविसंघ नेता धमलामाथि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेका हुन् ।

धमलाको अहिले बी एण्ड बी अस्पतालमा उपचार भैरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ। ती कोरियन अपराधीलाई भने छुटाउन सांसदको नेतृत्वमा एउटा गिरोह नै सक्रिय भएको बुझिएको छ ।

तर, धमलाको परिवारले भने प्रहरीमा ती कोरियन नागरिकमाथि किटानी जाहेरी दिने तयारी गरेको छ । धमलाका भाइ इञ्जिनियर अनिल धमला यतिवेला प्रहरीकहाँ उनीविरुद्धको किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका छन् ।

अनिल धमलाले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार कोरियन नागरिकले अशोक धमलामाथि ज्यान मार्ने उद्देश्यले नै आक्रमण गरेका हुन् । उनले दोषीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरे ।

नेविसंघ नेता अशोक धमलाको बी एण्ड बी अस्पतालमा उपचार हुँदै

यी हुन नेविसंघ नेता धमलामाथि आक्रमण गर्ने कोरियन नागरिक

नेविसंघ नेता अशोक धमलामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण



प्रतिक्रिया दिनुहोस्