काठमाडौं, ८ असोज । वाणिज्य उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको कुलेश्वरमा रहेको एक गोदामबाट ७० हजार किलो चिनी बरामद गरेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा एक व्यापारिक फर्मले भण्डारण गरिराखेको अवस्थामा ७० हजार किलो चिनी फेला पारेको हो।
चाडबाड नजिकिएसँगै नेपाली बजारमा चिनीको चरम अभाव सिर्जना गरेर कोलोबजारी भइरहेको गुनासो बढ्दै गएपछि विभागले आज अनुगमण गरेको थियो । अनुगमनका क्रममा उक्त परिमाणको चिनी बरामद भएको विभागले जनाएको छ।
दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १४० रूपैयाँ किलोसम्म पुर्याइएको छ ।