Logo

विश्व शान्तिको कामना गर्न माधव नेपाल लुम्बिनीमा



काठमाडौं,९ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् ।

पूर्व प्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष सिद्धिचरण भट्टराई प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले स्वागत गरेका थिए ।

नेपालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुका साथै विश्व शान्तिको कामनासमेत गरेका छन् । उनले मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरे। पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइएको थियो।

लुम्बिनीलाई वृहत् क्षेत्रको हिसाबले विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकास गर्न पहल गर्न उपाध्यक्ष डा.लामालाई शुभकामनासमेत व्यक्त गरेका हुन् ।

लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै उनले लुम्बिनी लगायत बुद्ध सँग सम्बन्धित पुरातात्त्विक क्षेत्रलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्